नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिक दलहरू राज्य दोहनका साधन बनेको आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनमा सम्बोधन गर्दै उनले दलहरू स्वार्थ समूहमा रूपान्तरित भएको बताए। “जसरी हुन्छ चुनाव जित्ने, सत्तामा पुग्ने, त्यसको दोहन गर्ने थलो बनेका छन् दलहरू,” उनले स्पष्ट रूपमा जनाएका छन् ।साथै राजनीतिक दलहरुले सरकारलाई बिना लगानी सम्पती आर्जन गर्ने माध्यम बनाएको उनको भनाइ रहेको थियो।
उनले लोकतन्त्रमा दल आवश्यक भए पनि अहिलेको अवस्थामा दलीय आवद्धता नै ठूलो बाधक बन्न पुगेको बताएका छन्। साथै, दलहरूको प्रतिष्पर्धाबाट लोकतान्त्रिक वातावरण बन्न सक्ने भए पनि त्यसको उद्देश्य भ्रमित भएको उनको टिप्पणी रहेको थियो।
डा. भट्टराईको धारणा अनुसार, सुधार नआए लोकतन्त्र कमजोर हुन सक्छ।