• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

१० वर्षपछि पुनः एकसाथ एउटै चलचित्रमा देखिँदैछन् धुर्मुस,दीपक र मुन्द्रे

दशकपछि धुर्मुस (सीताराम कट्टेल), दीपकराज गिरी र मुन्द्रे (जितु नेपाल) एउटै पर्दामा देखिने भएका छन्। वसन्त निरौलाले निर्देशन गर्ने नयाँ फिल्म ‘पाँच पाण्डव’मा यी तीन चर्चित कलाकार एकसाथ देखिने लगभग पक्कापक्की भएको छ।

दीपकले सामाजिक सञ्जालमा तिनै जना सरिक एक तस्बिर सार्वजनिक गर्दै यस कुराको साङ्केतिक पुष्टि गरेका छन् । हालै उनीहरू म्याग्दी, बागलुङ र पोखरा पुगेका थिए, जहाँ फिल्मको तयारी भइरहेको बताइएको छ।

धुर्मुस र सुन्तली औपचारिक रूपमा फिल्ममा अनुबन्धित भइसकेका छन् भने दीपकले शनिवार फेसबुकमा तस्बिर पोस्ट गर्दै सङ्केत दिएका थिए।

‘पाँच पाण्डव’मा पाँच शीर्ष कलाकार हुनेछन्। चलचित्र विकास बोर्डले चैत १७ गते निर्माण अनुमति दिएको फिल्मको बजेट ३ करोड ३२ लाख रहेको छ। निर्माण काली रानी फिल्म सले गर्नेछ।

यो टोली सन् २०१५ को ‘वडा नम्बर ६’पछि पहिलो पटक एकसाथ पर्दामा देखिन लागेका हुन्।