काठमाडौँ। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल ले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने सम्बन्धमा मन्त्रीहरूलाई रूलिङ गरेका छन्।
आजको बैठकमा अध्यक्ष दाहालले मन्त्रीहरूको ध्यानाकर्षण गर्दै, नियमावलीले तोकेको समय भित्र सभामा उपस्थित भएर जवाफ दिन आग्रह गरे।
उनले भने, “आकस्मिक र शून्य समयमा उठाइएका गम्भीर विषयहरूको जवाफ नियमावली अनुरूप समयमै दिन मन्त्रीहरूलाई सचेत गराउँछु।”