• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

तिनकुने घटनामा जलेको ल फर्मका संचालक भन्छन्ः २५ वर्षे वकालत जीवनको सबै कुरा जलेर खरानी भयो

काठमाडौंको तीनकुने क्षेत्रमा २०८१ चैत १५ गते राजसंस्था पुनर्स्थापनाको माग राख्नै भएको अराजक प्रदर्शन, लुटपाट, तोडफोड र आगजनीको रिपोर्टिङ गर्ने क्रममा पत्रकार (क्यामेरा पर्सन) सुरेश रजकको ज्यान गयो । उक्त घटनाको रिपोर्टिङमा गएका पत्रकारहरूमाथि प्रदर्शनकारीले हातपात गरेको तथा सुनियोजित ढंगबाट सञ्चार गृहको भवनमा ढुंगामुढा र आगजनी गर्ने जस्ता आपराधिक कार्यहरू भयो ।

तिनकुने घटनामा घटेको पनि महिना दिन बितिसकेको छ ।सरकार र आन्दोलनकारीहरुले एक अर्कालाई दोष लगाउनु बाहेक थप छानविन अगाडी बढ्न सकेको छैन ।

घटना कसरी भयो भन्ने कुराका बिभिन्न अनुमानहरु लगाउनु बाहेक कसैले पनि पत्रकार रजकको मृत्यु पछाडीको ठोस कारण पत्ता लगाउन सकेका छैनन् ।

तिनकुनेमा आगजनी भएको घरको तेस्रो तल्लामा ल फर्म रहेको थियो । चैत १५ गते तिनकुनेस्थित जुन घरमा आगोलागी भयो ,सोहि तेस्रो तल्लामा भएको ल फर्मबाट आगजनि सुरुभएको थियो ।

उक्त ल फर्मका सञ्चालक राजकुमार सुवाल हुन् । उनका अनुसार २५ वर्षे वकालत जीवनको सबै कुरा जलेर खरानी भयो ।

आगलागि भएको दिनलाई सम्झींदै उनि भन्छन् ,आगलागी हुँदा म भक्तपुरमा थिएँ । सुन्नेबित्तिकै दौडिएर आएँ । महत्वपूर्ण कागजपत्र केही निकाल्न सकिन्छ कि भनेर हेर्दा जलेर सबै सकिएको थियो । मेरो सबै सर्टिफिकेटहरू पुस्तकहरू, कागजातहरू, के-के भन्ने ? खासमा मेरो २५ वर्षे वकालत जीवनको सबै कुरा जलेर खरानी भयो ।

त्यो दिन यहाँ जे भयो, त्यो राजनीतिको खोल ओढेर गरिएको अपराध हो । यस्तो कार्य गर्नेहरूलाई कानुनको दायरामा नल्याउने हो भने फेरि पनि यस्ता कार्यहरू भइरहन्छन्, उनले भनेका छन् ।