काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको ध्यान अहिले सरकार निर्माणतर्फ नभएको बताएका छन्। संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीले ३२ सीटको जादु चल्ने दाबी गरेका छन्।
नयाँ सरकार कहिले बन्ने भन्ने प्रश्नमा प्रचण्डले भने, “अहिले हाम्रो ध्यान सरकार बनाउनेतिर छैन। हाम्रो ध्यान जनतामै जाने छ। हामी मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा जान चाहन्छौं।”उनले ३२ सीटको जादू चलाउन चाहे चल्ने भन्दै अहिले चलाउने पक्षमा नरहेको बताए ।
उनले अहिले आफूहरु देउवालाई फकाउने पक्षमा पनि नरहेको भन्दै आफ्नै बोझले सरकार ढल्ने दोहोर्याए ।उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम केवल औपचारिकता पूरा गर्ने, झारा टार्ने खालको मात्र भएको टिप्पणी गरे।