काठमाडौँ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्।
आज बिहान प्रचण्ड निवास, खुमलटारमा पौडेलले प्रचण्डसँग भेटघाट गरेका हुन्। यस भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणबारे छलफल भएको जानकारी प्राप्त भएको छ।
बजेट निर्माणको तयारीमा सक्रिय रहेका अर्थमन्त्री पौडेल हालका दिनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग परामर्श गर्दैछन्।