• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

रेशम चौधरी गिरफ्तारी प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै नागरिक उन्मुक्ति पार्टी

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीले वैशाख १७ गते पार्टीका संरक्षक रेशम चौधरीको गिरफ्तारीको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले यस घटनामा निष्पक्ष छानबिनको आवश्यकता औंल्याइन्।

उनले संसद् भनिन्, “प्रशासनिक मनोमानीको निष्पक्ष छानबिन होस्। रेशम चौधरीप्रति भएको घटनामा सरकारले स्पष्ट जवाफ दिनुपर्छ।” रञ्जिताले चौधरीको गिरफ्तारीले संघीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमा गम्भीर चोट पुर्याएको बताइन्।

उनले भनिन्, “यो केवल एक जनाको गिरफ्तारी मात्र होइन, यसले संघीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमा गम्भीर असर पुर्याएको छ।”साथै, उनले राज्यका संयन्त्रहरूमाथि प्रश्न गर्दै भने, “कसरी एउटा व्यक्तिको व्यक्तिगत रिसीवीका कारण अरूलाई दुःख दिइन्छ?” रञ्जिताले थप भनिन्, “सभामुख मार्फत सरकारसँग प्रश्न गर्न चाहन्छु कि कसरी एक निर्वाचित प्रतिनिधि र जननेता कार्यक्रम स्थलबाटै यस्तो तवरले पक्राउ पर्छन्?

” उनले भने, “कसरी राज्यका संयन्त्रहरूले एक व्यक्तिको व्यक्तिगत रिसीवीलाई कानूनी प्रक्रियाभन्दा माथि राख्छन्?”रञ्जिताले सरकारसँग आग्रह गर्दै भनिन्, “म सरकारप्रति विश्वास राखेर अनुरोध गर्न चाहन्छु कि घटनाको गहिरो अध्ययन गरियोस्।” उनले रेशम चौधरीलाई राज्यले कार्यक्रम स्थलबाटै, कार्यक्रम सुरु हुनु अघि, एक कर्मचारीको व्यक्तिगत आक्रोशका आधारमा कानूनी प्रक्रिया बिना पक्राउ गरेको आरोप लगाइन्।