• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

माधव नेपाललाई राजनीतिक प्रतिशोधकै रूपमा बयान लिइएकोमा मनिष झाको आपत्ती

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले हालसालै सरकार राजनीतिक प्रतिशोधको बाटोमा हिँडेको आरोप लगाएका छन्। उनका अनुसार सरकार नेताहरूलाई गिरफ्तार गर्ने, थुन्ने र बयान लिने काममा आफ्नो सारा शक्ति खर्च गरेर लागेको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद झाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठको जग्गा हदबन्दी फुकुवा प्रकरणमा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसँग लिएको बयान राजनीतिक प्रतिशोधको संकेत भएको बताएका छन्।

झाले विगतमा रास्वपाका सभापति, रेशम चौधरीमाथिको व्यवहार र हाल माधवकुमार नेपालसँग भइरहेको सोधपुछसमेत सरकारको प्रतिशोधपूर्ण गतिविधिको उदाहरण भएको बताएका छन्।

‘अब सिके राउतमाथि पनि आक्रमण हुने त होइन?’ भन्दै उनले सरकारको नियतमाथि प्रश्न समेत उठाए।

उनले पार्टीले यी घटनालाई गम्भीर रूपमा लिएको र सधैं मौन बस्न नसकिने चेतावनी पनि दिए।