नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यमा वृद्धि भएको छ।
मंगलबार मात्र सुनको मूल्य प्रतितोला ५,३०० रुपैयाँले बढेको थियो भने आज थप १,७०० रुपैयाँले बढेर दुई दिनमा कुल ७,००० रुपैयाँको वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला १,९१,६०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबारको १,८९,९०० रुपैयाँभन्दा १,७०० रुपैयाँले बढी हो।
चाँदीको मूल्य भने बुधबार स्थिर छ। मंगलबार जस्तै आज पनि चाँदी प्रतितोला १,९६५ रुपैयाँमै कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस ३,३८७ अमेरिकी डलर पुगेको छ।