तीनदिने भ्रमण सकेर जेनेभा फर्किए टेड्रोस

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोमा गेब्रेयसस तीनदिने नेपाल भ्रमण सकेर जेनेभाका लागि प्रस्थान गरेका छन् ।

परराष्ट्र र स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रेडोसलाई विदाइ गरेका हुन् ।

नेपालमा रहँदा टेड्रोसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, स्वास्थ्य मन्त्री विरोध खतिवडा लगायतसँग भेटवार्ता गरेका थिए ।

स्वास्थ्य मन्त्री खतिवडासँगको भेटमा दोस्रो कार्यकालका लागि महानिर्देशक टेड्रोसको मनोनयनलाई नेपालले समर्थन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१