• २०८३ असार ८
  • 2026 June 22, Monday

सांसद मोदीद्वारा जगदुल्लाह हाइड्रोपावर ठेक्कामा छानबिनको दबाव

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले जगदुल्लाह हाइड्रोपावरको ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै छानबिनको माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद मोदीले उर्जामन्त्री र हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशकबीच मिलेमतो भएको आशंका सार्वजनिक भइसकेको भन्दै छानबिन हुनुपर्ने बताए।

उनले भने, “ठेक्का प्रक्रियामा उर्जामन्त्री र कार्यकारी निर्देशकको सेटिङ भएको भन्दै विभिन्न सञ्चारमाध्यमहरूले प्रश्न उठाएका छन्। के सरकार यस्तै मिलेमतो र सेटिङमा चलिरहन्छ?”

उनका अनुसार खरिद नियमावलीको उल्लंघन भएको भन्दै विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि पुगेको छ। त्यही कारण यो विषयमा गम्भीर सत्यतथ्य छानबिन आवश्यक रहेको उनले तर्क गरे।