• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

प्रिशा शाह मृत्यु प्रकरणः उजुरी बिनै नेपाल फर्किए परिवार

प्रिशाका पिता श्यामलाल साह कलवारले आफूलाई प्रिशाको आत्महत्यामा कुनैपनि शंका नरहेको बताएका रहेछन् ।त्यसैले प्रहरीले अनावश्यक झन्झट नगर्ने निर्णय गर्यो

कालिंगा इन्स्टिच्युटमा मृत्यु भएकि नेपाली छात्रा प्रिशा साहका परिवार,घटनाबारे कुनैपनि उजुरीबिनै नेपाल फर्किएका छन् । यसले घटनामा नयाँ मोड ल्याएको छ । नेपालसहित भारतमा पनि चर्को आवाज उठेको थियो , प्रिशाको न्यायलाई लिएर ।
तर परिवार भने कानुनी लडाँइ नलड्ने भन्दै फर्किएका छन् ।

गत बिहिबार कलेज होस्टलमा प्रिशा मृत भेटिएकी थिइन् ।घटनाबारे जानकारी पाएलगत्तै प्रिशाका परिवार भारत गएका थिए । पोर्स्टमार्टम पछी भारतको पुरीको स्वर्गद्वारमा प्रिशाको अन्तिम संस्कार गरिएको थियो ।
बिभीन्न कोणबाट हेरिएको प्रिशाको मृत्युमा भने उनका परिवारहरु कुनै पनि उजुरीबिनै नेपाल फर्किएका छन् ।

भारतको ओडिशा राज्यको भुवनेश्वरस्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) मा अध्ययनरत प्रिशा शाहको मृत्युसम्बन्धी कुनै पनि उजुरी नपरेको भारतीय प्रहरीले जनाएको छ।

प्रिशाको आत्महत्या प्रकरणमा अनुसन्धान गरिरहेका भुवनेश्वरका एक प्रहरी अधिकृतका अनुसार, प्रिशाको परिवारले न्यायको माग गर्दै उचित अनुसन्धानको अनुरोध गरे पनि अहिलेसम्म औपचारिक उजुरी दर्ता गरेको रहेनछ ।

ओडिशा प्रहरीका एक स्रोतका अनुसार, “प्रिशाका पिता श्यामलाल साह कलवारले आफूलाई प्रिशाको आत्महत्यामा कुनैपनि शंका नरहेको बताएका रहेछन् ।त्यसैले प्रहरीले अनावश्यक झन्झट नगर्ने निर्णय गरेको प्रहरीले जनाएको छ ।

अहिले प्रिशाका पिता मृत्यु प्रमाणपत्र लिएर परिवारसहित बिरगन्ज फर्किएका छन् ।

यद्यपि, प्रिशाको परिवार नेपाल फर्किसके पनि भुवनेश्वर प्रहरीले घटनाको अनुसन्धान जारी राखेको जनाएको छ। परिवारले मंगलबार मृत्यु प्रमाणपत्र लिएर नेपाल फर्किएको र थप कुनै छलफल नगरी अनुसन्धान मात्रै गरिदिन आग्रह गरेका कारण प्रहरीले पनि यस विषयमा शंका मानिरहेको छ ।