• २०८३ असार ८
  • 2026 June 22, Monday

प्रतिनिधिसभाको बैठक मङ्गलबार बिहान ११ बजेसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक मङ्गलबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ।

आइतबार बसेको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरेको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो।

साथै, सोही बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव (कर प्रस्ताव बाहेक) संसद्मा पेस गरे। उक्त प्रस्तावमाथि छलफल गर्न प्रस्ताव गरिएको हो।