काठमाडौँ । सभामुख देवराज घिमिरेले बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन्।
बैठकमा प्रतिनिधिसभामा पेश गरिने एजेन्डासम्बन्धी विषयमा छलफल भइरहेको जनाइएको छ। छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासिया पनि सहभागी छन्।