• २०८३ असार ८
  • 2026 June 22, Monday

लुम्बिनीकी जनमत पार्टीकी सांसद गीता गुरुङद्वारा राजीनामा पेश

काठमाडौँ ।  लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन्।गीता गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुन्। उनले सभामुखलाई पठाएको राजीनामा पत्रमा जनताले तिरेको करबाट पारिश्रमिक लिन उपयुक्त छैन भन्ने ठहर गर्दै राजीनामा दिएको व्याख्या उल्लेख गरेकी छन्।

उनले पत्रमा लेखेकी छन्, “राष्ट्र, देश र जनताभन्दा माथि कोही हुँदैन” भन्ने मेरो मान्यता हो जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन। तसर्थ आजैदेखि म पदमुक्त हुन राजीनामा पेस गर्दछु।”

गुरुङको मोबाइल नम्बरमा सम्पर्क गर्ने प्रयास गर्दा स्वीच्डअफ भएको सन्देश सुनिएको छ। जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ताले गीता गुरुङले सभामुखलाई राजीनामा पत्र पठाएको जानकारी दिएका छन् र उनले सभामुखलाई उक्त राजीनामा स्वीकृत गर्न आग्रह गरेको पनि बताएका छन्।