• २०८३ असार ८
  • 2026 June 22, Monday

बालुवाटारमा प्रधानमन्त्रीसँग चिनियाँ नेताको शिष्टाचार भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा चिनियाँ प्रतिनिधिमण्डलले यही जेठ २ गतेदेखि काठमाडौंमा हुने ‘सगरमाथा संवाद’ को सफलताको कामना व्यक्त गर्दै नेपाल–चीनबीचको दीर्घकालीन र मित्रवत् सम्बन्धलाई थप प्रगाढ बनाउने प्रतिवद्धता जनाएको थियो।

उपाध्यक्ष सिआओ चीले नेपालको समृद्धिका लागि चीन सदैव सकारात्मक रहेको उल्लेख गर्दै, गत डिसेम्बरमा प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई सफल कूटनीतिक अवसरका रूपमा स्मरण गरे।

भेटमा उनले नेपाल ‘एक चीन’ नीतिप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको दोहोर्याए। साथै, दुई देशबीच भएका सहकार्यका सम्झौताहरू कार्यान्वयन गर्न दुबै पक्षले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।