• २०८३ असार ८
  • 2026 June 22, Monday

‘बलेको बत्तिमुनि बसेर ‘बिजुली गयो’ भन्दै भ्रम फैलाइँदैछ : विष्णु रिमाल

 काठमाडौँ। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपालमा अघोषित लोडसेडिङको भ्रम फैलाइएको बताएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत नेपाल विद्युत् प्राधिकरणका निर्देशक हितेन्द्र शाक्यको प्रशंसा गर्दै रिमालले नकारात्मक चित्रण गर्ने प्रयास भइरहेकोमा सजग रहन आग्रह गरे। रिमालले शाक्यलाई आफ्नो काममा सक्षम र प्राधिकरणको प्रगतिको लागि इमानदार ठान्ने कुरा पनि व्यक्त गरे।

तर, रिमालले शाक्यलाई बलेको बत्ती मुनि बसेर “बिजुली गयो” भन्ने गलत न्यारेटिभ निर्माण गर्न खोजिएको भन्दै सचेत गराए। उनले भने, “बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज हो यो।

यस पर्दाभित्र के यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माण गर्न खटाइएका व्यवसायीलाई थाहा छ, तर उनीहरूले समाजमा गहिरो भ्रम फैलाइरहेका छन्।”