• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

विद्यालय शिक्षा विधेयकमा निजी विद्यालय र बाल विकास सम्बन्धी विषय अझै अनिश्चित

  • २०८२ जेठ ४, आइतबार १६:३६

काठमाडौँ । विद्यालय शिक्षा विधेयकका दुई महत्वपूर्ण विषयमा सहमति नजुटेपछि संसद्को शिक्षा समितिको उपसमितिले ती विषय थाती राख्दै विधेयक समितिमै फिर्ता पठाएको छ।

थाती रहेका विषयहरूमा निजी विद्यालयलाई शैक्षिक गुठीमा रूपान्तरण गर्ने प्रस्ताव र प्रारम्भिक बाल विकास (ईसीडी) कार्यक्रमको अवधि सम्बन्धी विषय छन्।

उपसमितिमा निजी विद्यालयलाई १५ वर्षभित्र गुठीमा लैजानुपर्ने प्रस्ताव गरिएको थियो। तर सरकार पक्षले त्यसमा समयसीमा तोक्न नहुने अडान लिएको कारण सहमति बन्न सकेन।

त्यस्तै, प्रारम्भिक बाल विकास कार्यक्रम दुई वर्षे बनाउने कि नबनाउने भन्नेबारे पनि उपसमितिमा मतभेद रहेकाले निर्णय टुंगोमा पुग्न सकेन। यी दुई विषयबाहेकका अन्य प्रस्तावमा भने उपसमितिले सहमति जुटाएर प्रतिवेदन शिक्षा समितिमा बुझाइसकेको छ।

  • २०८२ जेठ ४, आइतबार १६:३६