काठमाडौँ । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई काठमाडौँ जिल्ला अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले सोमबार विष्टलाई धरौटीमा छोड्न आदेश दिएको हो।
विष्टले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेखेको आरोपमा पक्राउ परेका थिए। यस प्रकरणमा उनीविरुद्ध लिखत किर्ते सम्बन्धी अभियोगमा अनुसन्धान गरि प्रहरीले प्रतिवेदन बुझाएको थियो।
उक्त अनुसन्धानको आधारमा सरकारी वकिल कार्यालयले विष्टविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको हो।