काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा. डा. विश्वनाथ पौडेल नियुक्त हुने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर बनाउने सहमति जुटेको स्रोतले जनाएको छ।
लामो समयदेखि जारी रस्साकस्सीपछि मंगलबार बिहान दुई नेताबीच अन्ततः सहमति भएको हो।
प्रा. डा. पौडेल यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहेका थिए। गभर्नर छनोट सिफारिस समितिका सदस्यसमेत रहेका उनले नेपाली कांग्रेसले गभर्नरका लागि नाम प्रस्ताव गरेपछि समितिबाट राजीनामा दिएका थिए।