• २०८३ असार ८
  • 2026 June 22, Monday

राष्ट्रियसभा बैठक एक साताका लागि स्थगित

काठमाडौं।  राष्ट्रियसभा बैठक एक साता स्थगित भएको छ। बुधबार बसेको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक जेठ १४ गतेसम्मका लागि स्थगित गरिएको घोषणा गरे।

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले प्रस्तुत गरेको ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ।

त्यसैगरी, बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित आएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ पनि टेबुल गरिएको छ। उक्त विधेयक राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्यालले सभामा पेस गरेका थिए।

यस्तै, विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन पनि सभामा प्रस्तुत गरिन्।