• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

कांग्रेसमा महानगर र उपमहानगरको टिकट दिने जिम्मा देउवालाई

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले महानगर र उपमहानगर प्रमुख र उपप्रमुखको टिकट वितरणको जिम्मा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ ।

टिकट वितरणको लागि बिहानैबाट बसेको केन्द्रीय सम्पादन समितिको बैठकले देउवालाई उक्त जिम्मा दिएको हो ।

ललितपुर महानगरपालिका र विराटनगर महानगरपालिका प्रमुख र उपप्रमुख कसलाई दिने भन्नेबारे टुंगो लगाउन नसकेपछि समिति र संसदीय बोर्डले सभापतिलाई टिकटको टुंगो लगाउने जिम्मा दिएकाे हाे ।

गठबन्धनसँग तालमेलपछि कांग्रेसले ६ महानगरमध्ये तीन महानगर र ११ उपमहानगरमध्ये ७ उपमहानगरको प्रमुख पाएको छ ।

ती स्थानीय तहमा उम्मेदवारको आकांक्षी बढेपछि केन्द्रीय कार्यसम्पादन समितिले अझै उम्मेदवारको टुंगो लगाउन सकेको छैन। विवाद बढ्दा मनोनयनको दिनसम्म पनि कांग्रेसले उम्मेदवार तय गर्न नसकेको हो ।

कांग्रेस केन्द्रीय समितिले यसअघि महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखको टिकट वितरण गर्न केन्द्रलाई अधिकार दिएको थियो ।