काठमाडौं। गण्डकी प्रदेशको बजेट अधिवेशन आज आइतबारदेखि सुरु हुँदैछ। प्रदेश प्रमुख डिल्लीराज भट्टले आज दिउँसो २ बजेका लागि अधिवेशनको पहिलो बैठक आह्वान गरेका हुन्।
प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकमा सबै राजनीतिक दलका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यही अधिवेशनमार्फत प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नेछ।
संसद सचिवालयले जनाएको कार्यक्रमअनुसार सोमबार बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिनेछ भने जेठ १९ गते नीति तथा कार्यक्रम संसदमा टेबुल गरिनेछ। नेपालको संविधानअनुसार प्रदेश सरकारले प्रत्येक वर्ष असार १ गतेभित्र बजेट पेश गर्नुपर्ने संवैधानिक प्रावधान छ।