• २०८३ असार ७
  • 2026 June 21, Sunday

जनकपुरमा सांसदका स्वकीय सचिव अख्तियारको नियन्त्रणमा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मधेश प्रदेशका सांसद सरोजकुमार सिंहका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई जनकपुरबाट नियन्त्रणमा लिएको छ।

सांसद सिंह जसपा नेपालबाट निर्वाचित हुन्। आयोगले सांसद सिंहले प्रयोग गर्दै आएको मोबाइलसमेत नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान थालेको छ।

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार, सांसद सिंहले नक्कली उपभोक्ता समिति गठन गरेको देखाएर सार्वजनिक रकम निजी खातामा निकासा गराएको भन्ने उजुरीको आधारमा अनुसन्धान थालिएको हो।

प्रारम्भिक अनुसन्धानमा उक्त रकम स्वकीय सचिव कायस्थमार्फत झिकिएको र त्यसपछि सांसद सिंह तथा उनकी श्रीमतीको बैंक खातामा जम्मा गरिएको आशंका गरिएको छ।