काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले बिहीबार काठमाडौंमा कार्यकर्ता भेला आयोजना गर्ने भएको छ।
पार्टी केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार भेलामा विभिन्न कमिटीहरूको गतिविधिबारे समीक्षा गरिनेछ र प्रतिनिधिहरूलाई प्रशिक्षण प्रदान गरिनेछ।
अर्यालका अनुसार मुलुकको राजनीतिक, आर्थिक र सामाजिक रुपान्तरणका लागि समाजवादी अभियानलाई थप सशक्त बनाउने उद्देश्यले सिद्धान्त, नीति र कार्यक्रम मिल्ने अन्य राजनीतिक दलसँग सहकार्यबारे समेत छलफल हुनेछ।
यस्तै, १८औँ गणतन्त्र दिवसको अवसरमा पार्टीले देशभर सभा, भेला, गोष्ठी, वृक्षरोपण, रक्तदान, दिपावलीलगायत कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जनाइएको छ।