• २०८३ असार ७
  • 2026 June 21, Sunday

गणतन्त्र दिवसमा जनमत पार्टीको देशव्यापी कार्यक्रम घोषणा

काठमाडौं । जनमत पार्टीले १८औँ गणतन्त्र दिवसको अवसरमा देशभर वडा र पालिका तहसम्म विविध कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

पार्टीका प्रवक्ता डा. शरद सिंह यादवद्वारा बुधबार जारी विज्ञप्तिमा यस वर्षको गणतन्त्र दिवसलाई *‘नौलो गणतन्त्र निर्माणतर्फ अग्रसर हुने अवसरका रूपमा लिनुपर्ने उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘गणतन्त्र दिवस इतिहासकै एक महत्त्वपूर्ण संघर्षबाट प्राप्त भएका अधिकार र समानताको स्मरण गर्ने दिन हो। यसले नागरिकलाई देशको साँचो मालिक बनाएको छ, जहाँ सत्ता सिंहासनबाट होइन, जनताको मञ्जुरीबाट उत्पन्न हुन्छ।’

पार्टीले स्थानीय तहमा कार्यकर्ताहरूलाई शुभकामना आदानप्रदान, प्रभातफेरी, सरसफाइ अभियान र मैनबत्ती प्रज्वलनजस्ता कार्यक्रमहरू सञ्चालन गर्न निर्देशन दिएको छ।