• २०८३ असार ७
  • 2026 June 21, Sunday

ज्ञानेन्द्र शाहीको चेतावनी : ‘भोलि कुनै घटना भए प्रधानमन्त्री जिम्मेवार हुने’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भोलि आयोजना गरिने आफ्नाे कार्यक्रममा हिंसात्मक घटना भए त्यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्।

संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाहीले प्रधानमन्त्रीले संविधान र कानुन उल्लंघन गर्दै उत्तेजनापूर्ण भाषणमार्फत भीड परिचालन गरेर द्वन्द्व निम्त्याउने प्रयास गरेको आरोप लगाए।

‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ। तर यदि कुनै अप्रिय घटना भयो भने त्यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ,’ शाहीले भने। ‘राष्ट्रिय मानव अधिकार आयोगले समेत यस विषयमा विज्ञप्ति जारी गरिसकेको छ।’

उनका अनुसार राप्रपाको कार्यक्रम रत्नपार्कस्थित शान्तिबाटिकामा हुने छ। उनले प्रधानमन्त्रीलाई सडकमा आउनु छ भने पदबाट राजीनामा दिएर आउन चुनौती पनि दिए।