• २०८३ असार ७
  • 2026 June 21, Sunday

सांसद गीता गुरुङको पद आजदेखि खारेज

काठमाडौं।  लुम्बिनी प्रदेशकी जनमत पार्टीकी सांसद गीता गुरुङ आजदेखि पदमुक्त भएकी छन्। गुरुङले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएपछि उनलाई पदमुक्त गरिएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ।

वैशाख ३० गते उनका श्रीमान् कैलाश गुरुङले सामाजिक सञ्जालमार्फत उनले राजीनामा दिएको जानकारी सार्वजनिक गरेका थिए। गीताले प्रदेशसभाको आधिकारिक इमेलमार्फत राजीनामा बुझाएकी थिइन्।

जनमत पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता सिके गुप्ताले पनि गुरुङ पदमुक्त भएको पुष्टि गरेका छन्। प्रदेशसभा सचिव दुर्लभ पुनका अनुसार, सांसद गुरुङको अनुपस्थितिसम्बन्धी सूचना सदनमा दिइएपछि औपचारिक रूपमा आजदेखि उनको पद समाप्त भएको हो।dd