• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

हेटौंडा-२ मा कांग्रेसबाट बागी उम्मेदवार

हेटौंडा । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका नेता सुदिप राजवाहकले बागी उम्मेदवारी दिएका छन् । साेमबार निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा गएर उनले बागी उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

राजबाहक गत निर्वाचनमा कांग्रेसको तर्फबाट वडा समस्य समेत भइसकेका छन् । कांग्रेसले हेटौंडा-२ मा दुई जनालाई टिकट दिइसकेको छ ।

उम्मेदवारी दिएका राजवाहकले दुई जनाले दुई तिर नै दिएर टिकट किनेको आरोप लगाए । ‘अरुले पैसा दिए मैले दिन सकिनँ, त्यही भएर मैले टिकट नपाएको हो,’ राजवाहकले भने । कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने उनको भनाइ छ ।