• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

  • २०८२ जेठ १५, बिहीबार ११:१३

काठमाडौं।  अन्नपूर्ण गाउँपालिका–५ स्थित शिखर आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षकको संख्या बराबर रहेको छ। कक्षा ५ सम्म पठनपाठन हुने यस विद्यालयमा हाल जम्मा तीन जना विद्यार्थी अध्ययनरत छन्। कक्षा ३ मा दुई जना र कक्षा ४ मा एक जना विद्यार्थी छन्।

विद्यालयका प्रधानाध्यापक रामचन्द्र पाइजाका अनुसार, विद्यालयमा एक जना स्थायी शिक्षक, एक जना निजी स्रोतका शिक्षक र एक जना कार्यालय सहयोगी कार्यरत छन्। “पछिल्ला तीन वर्षदेखि नयाँ विद्यार्थी भर्ना भएका छैनन्,” उनले भने, “जसका कारण बालकक्षा, कक्षा १, २ र ५ मा विद्यार्थी छैनन्।”

स्वाँत गाउँमा करिब ७० घरधुरी रहे पनि स्थायी बसोबास गर्ने परिवार सीमित छन्। अन्नपूर्ण गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले विद्यार्थी संख्या न्यून भए पनि विद्यालय सञ्चालनमा राख्नु परेको बताए। उनका अनुसार स्वाँतको छिमेकी किन्दु आधारभूत विद्यालयको अवस्था पनि यस्तै कमजोर रहेको छ।

  • २०८२ जेठ १५, बिहीबार ११:१३