• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

पोखरामा ड्याममा डुबेर दुई बालकको मृत्यु

काठमाडौं।  । पोखरा–२५ स्थित मर्दी खोलाको ड्याममा डुबेर दुई बालकको ज्यान गएको छ।

पौडी खेल्ने क्रममा डुबेका माछापुच्छ्रे गाउँपालिका–६ निवासी १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियार बिहीबार दिउँसो मृत फेला परेका हुन्।

उनीहरू दिउँसो करिब १:४५ बजे मर्दी खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। घटनाको जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, कास्कीबाट निरीक्षक दीपेन्द्र कटवालको नेतृत्वमा खटिएको गोताखोर टोलीले शव फेला पारेको हो।