• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

विदेशी विद्यार्थीलाई निःशुल्क भिसा दिने व्यवस्था गरिने

  • २०८२ जेठ १५, बिहीबार १७:०३

काठमाडौँ । सरकारले विदेशी विद्यार्थीहरूलाई अध्ययन अवधिभर निःशुल्क भिसा प्रदान गर्ने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीलाई शैक्षिक क्यालेन्डरभरि निःशुल्क भिसा दिने घोषणा गरेका हुन्।

उनका अनुसार विश्वविद्यालयहरूमा विदेशी विद्यार्थीलाई आकर्षित गर्ने नीति अवलम्बन गरिनेछ। साथै, त्यस्ता विद्यार्थीका अभिभावकका लागि बहुप्रवेश (multiple entry) भिसाको व्यवस्था गरिने अर्थमन्त्री पौडेलले बताए।

  • २०८२ जेठ १५, बिहीबार १७:०३