• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

ट्रायल नदिई लाइसेन्स वितरण प्रकरणमा ३ कर्मचारीसहित चालकविरुद्ध मुद्दा

काठमाडौं । ट्रायल परीक्षा बिना नै सवारी चालक अनुमति पत्र (लाइसेन्स) जारी गरेको आरोपमा तीन जना कम्प्युटर अपरेटरसहित एक जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

रुपन्देहीस्थित यातायात व्यवस्था कार्यालयका कम्प्युटर अपरेटरहरूले रकमको लेनदेनमार्फत ट्रायलमा सहभागी नभएकी सभ्यता केसीलाई कार, जीप र डेलिभरी भ्यान चलाउन मिल्ने लाइसेन्स दिएको पाइएपछि आयोगले शुक्रबार काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

अख्तियारले रुपन्देही कार्यालयका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डेय, र दाङ, तुलसीपुर कार्यालयका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगर तथा लाइसेन्स प्राप्त गर्ने सभ्यता केसीलाई प्रतिवादी बनाएको छ।

अख्तियारका अनुसार उनीहरूले आपसी मिलेमतोमा ट्रायल बिना नै सवारी चालक अनुमति पत्रको गलत विवरण तयार गरी अनियमितता गरेका थिए।