• २०८३ साउन ७
  • 2026 July 23, Thursday

पठाओको स्पष्टीकरण– नियमित भाडा बाहेक थप शुल्क लिएको छैन

  • २०८२ जेठ १९, सोमबार १०:३२

काठमाडौं। सार्वजनिक यातायात ठप्प भएको आजको दिनमा विभिन्न राइड सेयरिङ सेवाहरूले भाडा वृद्धि गरेको खबरहरू आइरहेका बेला, राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले भने आफ्नो मोबाइल एपमार्फत प्रदान गरिने सेवामा नियमित शुल्क बाहेक कुनै अतिरिक्त शुल्क नलागेको स्पष्ट पारेको छ।

कम्पनीका अनुसार, यात्रुहरूलाई सहज यात्रा अनुभव गराउन पठाओले आफ्ना राइडरहरूलाई क्वेस्ट र इन्सेन्टिभमार्फत प्रोत्साहन गरिरहेको छ। यसबारे जानकारी पठाओले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत दिएको हो।

साथै, पठाओले यात्रुहरूलाई सुरक्षित र विश्वसनीय सेवा सुनिश्चित गर्न मोबाइल एपमार्फत मात्र राइड लिन आग्रह गरेको छ। अफलाइन यात्रा गर्दा ठगी, डकैती, दुर्व्यवहारजस्ता घटनाको जोखिम हुने, बीमा नहुने र रेकर्ड प्रणालीमा विवरण नहुने भएकाले त्यस्तो यात्रा नगर्न अनुरोध गरिएको छ।

पठाओले सेवा प्रयोगका क्रममा कुनै समस्या आएमा २४ घण्टा खुला रहेको ग्राहक सेवा नम्बर ०१–५९७००९९ मा सम्पर्क गरी गुनासो वा उजुरी दिन सकिने जानकारी दिएको छ।

  • २०८२ जेठ १९, सोमबार १०:३२