बालाजुमा सकुशल भेटिएका डा. केशव श्रेष्ठ प्रहरीको नियन्त्रणमा

काठमाडौं । फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्कविहिन बनेका डा. केशव श्रेष्ठ सकुशल भेटिएका छन् । उनलाई प्रहरीले बालाजुबाट नियन्त्रणमा लिएको छ ।

प्रहरी स्रोतका अनुसार बालाजुको एउटा घर वा होटलमा उनी फेला परेका हुन् । प्रहरीले उनीसँग सोधपुछ गर्न थाल्दा उनी आफू आत्महत्याका लागि डोरी खोजिरहेको बताएका थिए ।

अहिले प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरी परिसर भद्रकाली ल्याइरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१