• २०८३ असार ४
  • 2026 June 18, Thursday

सत्तारुढ सहमतिमा वृद्धभत्ता उमेर हद बढाइएको: पौडेल

  • २०८२ असार १०, मङ्गलबार १६:३१

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वृद्धभत्ता सत्तारुढ दलबीचको सहमतिमै बढाइएको जानकारी दिएका छन् ।

संसदमा काँग्रेस सांसद रामहरि खतिवडाले उमेर किन बढाएको भन्दै प्रश्न गरेका थिए । त्यसको जवाफमा अर्थमन्त्री पौडेलले दलहरूबीचकै सहमतिमा यो निर्णय लिइएको बताएका हुन् ।

उनले यसरी उमेर बढाउँदा पनि अहिले खाइपाइ आएको सुविधा भने नखोसिने स्पष्ट पारेका छन् । हाल सरकारले वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्‍याएको छ । यसअघि ६८ थियो ।

  • २०८२ असार १०, मङ्गलबार १६:३१