प्रतिताेला हजार रुपैयाँ घट्याे सुनकाे मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९८ हजार रुपैयाँमा काराेबार भइरहेकाे छ । बधबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ ताेकिएकाे छ । चाँदीको भाउ पनि प्रतितोलामा २० रुपैयाँले घटेको छ ।

बुधबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय २० रुपैयाँमा निर्धारण भएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१