• २०८३ जेठ २२
  • 2026 June 05, Friday

चन्द्रागिरिमा खसेको पहिरोले कार पुरियो

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ स्थित मसिनेमा कार पुरिएको छ ।

शनिवार राति बा.५ च ११४५ नम्बरको कार मसिने स्थित पहिरोमा पुरिएको हो । मसिनेबाट थानकोट तर्फ जाँदै गरेको कारलाई प्रहरीले पहिरो पन्छाएर निकालेको छ ।

कारमा सवार यात्रुलाई पनि उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।