• २०८३ असार ४
  • 2026 June 18, Thursday

राज्य व्यवस्था समितिमा पदम गिरीद्वारा सभापति र सचिवको राजीनामाको माग

काठमाडौँ । नेकपा एमालेका सांसद पदम गिरीले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेका छन् ।

बुधबार बसेको बैठकमा सांसद गिरीले सभापति खतिवडाको राजीनामा मागेका हुन् । गिरीले बैठकमा समितिका सचिव सुरज दुराको पनि राजीनामा मागेका छन् ।

उनले सभापति खतिवडा र सचिव दुराले नैतिकताका आधारमा पदमा बस्न नमिल्ने बताए । उनीहरू पदमा बसिरहनु लज्जास्पद र घिनलाग्दो काम भएको गिरीले बताए ।