काठमाडौँ । संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा बनेको अध्ययन तथा छानबिन विशेष समितिको पहिलो बैठक जारी छ ।
बैठक केही समय अघि सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बसिरहेको प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘छलकपट’ गरी लेखिएका भनिएका त्रुटिहरूको अध्ययन तथा छानबिन प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भइरहेको गिरीले बताए ।