
काठमाडौँ । तिब्बतबाट आएको बाढीले प्रभावित बनेकाको उद्धारका लागि गएका सशस्त्र प्रहरी बलका एक जना कर्मचारी आफैँ घाइते भएपछि उद्धारको प्रयास भइरहेको छ ।
गोसाईंकुण्ड गाउँपालिका-३, लिङलिङ भिरमा फसेका प्रहरी सहायक हवल्दार विशाल थापाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार प्रयास भइरहेको हो।
सशस्त्र प्रहरीको २ नम्बर गुल्मबाट गएको टोलीमध्ये उनी खोँचमा खसेपछि घाइते भएका थिए । त्यसपछि उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर मगाइएको थियो ।
सैनिक स्रोतका अनुसार, अवतरण ठाउँ नभएपछि हेलिकोप्टरमा राखिएको डोरीले तान्ने प्रयास भइरहेको छ । त्रिशूली नदीमा रुखमा फसेका दुई जनाको समेत मंगलबार त्यसैगरी उद्धार गरिएको थियो ।
उद्धार गरेर ल्याएर उनको सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा उपचार हुनेछ ।