
काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी इकुमा बिहान खसेको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ ।
भोटेकोशी कोदारीस्थित अरनिको राजमार्गमा बिहान ५ बजे पहिरो खस्दा अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो । इकुमा सडक माथिबाट पहिरो आएको र सडक तलसम्म भासिएको कारण सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।
सडक पूर्णरुपमा बन्द भएपछि तातोपानी नाका हुँदै काठमाडौं आउन लागेका मालवाहक कन्टेनर भन्सार क्षेत्रमै रोकिएका छन् । त्यस्तै यात्रुवाहक बस, साना–ठूला सवारीसाधनहरु रोकिएका छन् ।