‘पत्रकारको पी सिक्नुस्’ भन्ने पत्रकार उपासनालाई मानमर्दन नगर्न पत्रकार महासंघको आग्रह

काठमाडौं । नेपाल पत्रकार महासंघले महोत्तरीस्थित पूर्वाधार विकास कार्यालय जलेश्वरको विषयमा सार्वजनिक समाचारलाई लिएर पत्रकारमाथि सामाजिक सञ्जालमार्फत गरिएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक प्रयोग गर्दा पत्रकार उपसना तिवारीमाथि व्यक्तिगत आक्रमण हुनु निन्दनीय, दुःखद र प्रेस स्वतन्त्रताको अपमान भएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जालको दुरुपयोग गर्दै पत्रकारमाथि गरिएको टिप्पणीप्रति महासंघको गम्भीर आपत्ति छ। सामाजिक प्रतिष्ठा र चरित्रमा आँच पुर्‍याउने गतिविधि गैरकानुनी मात्रै नभई नैतिक रूपले पनि आपत्तिजनक हो।’

महासंघले यस्ता कार्य दोहोरिन नदिन सम्बन्धित पक्षलाई सचेत गराउँदै, पत्रकारहरूको पेशागत सम्मान कायम राख्न आग्रह गरेको छ। साथै यस्ता सामाजिक सञ्जालको दुरुपयोगबाट पत्रकारलाई लक्षित गर्ने गतिविधिको तत्काल अन्त्य हुनुपर्ने पनि विज्ञप्तिमा स्पष्ट उल्लेख गरिएको छ।

महासंघले पत्रकारमाथिको दमन, डर र धम्कीका विरुद्ध सधैं उभिने प्रतिबद्धता दोहोर्‍याएको छ।

हेर्नुहोस् विज्ञप्ति

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१