• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

टिमुरेबाट उद्धार गरिएका २३ चिनियाँ नागरिक दूतावास पुर्‍याइए

रसुवाको बाढी प्रभावित टिमुरे क्षेत्रबाट उद्धार गरिएका २३ जना चिनियाँ नागरिकलाई सुरक्षित रूपमा काठमाडौंस्थित चिनियाँ दूतावासमा  पठाइएको छ।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार चिनियाँ दूतावाससँगको समन्वयमा नेपाल प्रहरीको स्कर्टिङसहित उनीहरूलाई टिमुरेबाट काठमाडौंसम्म ल्याइएको हो।

असार २४ गते बिहान करिब ३ बजे आएको बाढीले रसुवागढी नाकामा रहेको मितेरी पुल भत्काउनुका साथै २० जना बेपत्ता भएका थिए।

बाढीको जोखिमबाट जोगाउन ती चिनियाँ नागरिकलाई सुरक्षित रूपमा राजधानी पुर्‍याइएको जनाइएको छ।