• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

छाउगोठमा सुतिरहेकी कमलाको सर्पले डसेर मृत्यु

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतिरहेकी एक महिलाको सर्पको डसाइबाट मृत्यु भएको छ। २८ वर्षीया कमला आउजीलाई महिनावारीका बेला छाउगोठमा सुतिरहेका बेला सर्पले बाँया गालामा डसेको थियो। अवस्था गम्भीर भएपछि उनलाई सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो, जहाँ शनिबार साँझ ८ बजे उपचारका क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सागर बोहराले जानकारी दिए।

सर्पको डसाइ छाउगोठमा भएको भन्ने कुरा पुष्टि नभएको प्रहरीको भनाइ भए पनि कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाले भने कमलालाई छाउगोठमै सर्पले डसेको पाइएको बताए। उनले नगरपालिका छाउपडी कुप्रथाविरुद्ध अभियान सञ्चालन गरिरहे पनि ग्रामीण क्षेत्रमा पुरानो परम्परा अझै पनि हट्न नसकेको गुनासो गरे।

यो घटनाले छाउपडी प्रथाको अझै पनि दुखद् उपस्थिति देखाएको छ।