• २०८३ साउन ८
  • 2026 July 24, Friday

आयुष र एलिजेले गरे कोर्ट म्यारिज

काठमाडौं। चर्चित टिकटकर जोडी एलिजे जमाली र आयुष सिंह ठकुरीले अदालती विवाह गरेका छन् । काठमाडौं जिल्ला अदालतमा यी दुईले कोर्ट म्यारिज गरेका हुन। आफ्नो कोर्ट म्यारिजको तस्विर दुवैले आफ्नो सामाजिक संजालमा शेयर गरेका छन।

विवाहको तस्बिर शेयर गर्दै एलिजेले लेखेकी छिन, ‘उनीहरूले हामीलाई अनलाइन खोजे तर हामीले हाम्रो सधैंको लागि अनलाइनमा हस्ताक्षर गरिरहेका थियौं। मिस्टर एण्ड मिसेस।’

२०८० असोज १९ गते आयुष र एलिजेले दुबईमा ईन्गेजमेन्ट गरेका थिए। यी दुईको ईन्गेजमेन्टको क्लिप्सहरु टिकटकमा भाइरल भ्रएको थियो। इन्गेजमेन्टको खवर पनि यी दुईले आफ्नो सामाजिक संजालबाट जानकारी दिएका थिए।

एलिजे पाकिस्तानी हुन भने आयुष नेपाली हुन्। यी दुईको भेट टिकटक लाईभमार्फत भएको थियो। लाइभबाटै यी दुई प्रेमसम्बन्धमा बाँधिएका थिए। सुरुवाती दिनबाटै यी दुईको जोडी चर्चाको विषय बनेको थियो। पाकिस्तान र नेपाल दुई देशको नागरिक भएकाले पनि यो जोडीको प्रेमलाई लिएर दर्शकहरुमा कौतुहल थियो।

पाकिस्तानी भएपनि एलिजे दुबईमा बस्दै आइरहेकी थिईन। इन्गेजमेन्टपछि भने एलिजे आयुषसँगै बस्छिन।