• २०८३ साउन ८
  • 2026 July 24, Friday

चीनको प्रस्ताव “विश्व सभ्यता पहल” माथि काठमाडौंमा विमर्श

चिनियाँ राष्टपति सि जिनपिङले सन् २०२३ मा प्रस्ताव गरेको ग्लोबल सिभिलाईजेसन इनिसियटिभ अर्थात विश्व सभ्यता पहलमाथि विज्ञहरुले धारणा राखेका हुन् ।

फेन्ड्स अन द क्लाउडले आयोजना गरेको कार्यक्रममा पूर्व गृहमन्त्री एवम राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, पूर्व राजदुत युवनाथ लम्साल, फेन्ड्स अन द क्लाउडका अध्यक्ष शोभित उप्रेती, परराष्ट्र जानकार डीबी सुनार लगायतले चिनियाँ अवधारणाको सभ्यता पहल, त्यसको विश्वब्यापी सान्दर्भिकता र नेपालको अवस्थाबारे धारणा राखेका हुन् ।

कार्यक्रममा पूर्व राजदुत लम्सालले चीन विश्व शक्तिका रुपमा स्थापित भैसकेकाले दक्षिण एसिया, समग्र एसिया र सम्पूर्ण विश्व बुझ्न चीनको अध्ययन जरुरी रहेको बताए ।

पूर्व मन्त्री तामाङले पृथ्वीनारायण शाहको उपदेश र राजा महेन्द्रको नीति लिएर अघि बढे चीनले जस्तै हरेक क्षेत्रमा छलाङ मार्न सकिने विश्वास व्यक्त गरे ।

अध्यक्ष उप्रेतीले चिनियाँ पहलले परम्परा, सभ्यता, मर्यादित लोकतन्त्र र जनता- जनताबिचको सम्बन्ध समेटेकाले त्यसको अनुसरण सबैले गर्नुपर्ने धारणा राखे ।

चीनको यो अन्तर्राष्ट्रिय पहलले विश्वभरका विभिन्न सभ्यताहरुकाबिच सम्मान, सहयोग र सद्भाव बढाउने लक्ष्य राख्दछ ।