• २०८३ जेठ २२
  • 2026 June 05, Friday

रेसुङ्गामा जिपलाइन र स्काई साइकलिङ निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको प्रयोग स्वीकृत

काठमाडौं । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–८ मा जिपलाइन तथा स्काई साइकलिङ जस्ता साहसिक पर्यटकीय पूर्वाधार निर्माणका लागि आवश्यक राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ।

असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले रेसुङ्गा नगरपालिकाको प्रस्तावअनुसार साहसिक पर्यटन प्रवर्द्धनका उद्देश्यले राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको हो। सो निर्णयसँगै अब रेसुङ्गा क्षेत्रमा जिपलाइन र स्काई साइकलिङ निर्माण कार्य अघि बढ्न सक्नेछन् ।

बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले असार २३ गते र असार ३० गते बसेको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गरेका छन् ।