• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

बालेन शाहको चुनाव चिह्न लौरो

  • २०७९ वैशाख १७, शनिबार ०६:३८

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहलाई लौरो चिन्ह प्रदान गरेको छ। यता चितवनका स्वतन्त्र उम्मेदवार निर नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले चुनाव चिह्न ‘भुइकटहर’ पाएका छन् ।निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकाहरूलाई ४० प्रकारका चिह्नमध्येबाटै निर्वाचन चिह्न दिने तयारी गरेको छ ।

देशभर १२ हजार ७८९ जना स्वतन्त्र उम्मेदवार छन् । उनीहरूलाई आयोगले निर्वाचन चिह्न आज दिंदै छ।

४० प्रकारका निर्वाचन चिह्नहरूमा बिरालो, अर्ना, बँदेल, भ्यागुतो, चिल, केरा, गुलाब, खसीको टाउको, जेब्रा, भुइँकटहर, काग, भालु, कङ्गारु, हाँस, आँप , लाल्टिन, घन्टाघर, मुढा, प्रेसर कुकर, ग्याँस सिलिण्डर, गरगहना, चोलो, फ्रक, चुलेसी, धारो, टायर, रिक्सालगायत छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

बनेकाहरूलाई ४० प्रकारका चिह्नमध्येबाटै निर्वाचन चिह्न दिने तयारी गरेको छ ।

  • २०७९ वैशाख १७, शनिबार ०६:३८