
काठमाडौं । भियतनामको हालोङ खाडीमा डुंगा पल्टिँदा ३७ जनाको मृत्यु भएको छ ।
खराब मौसमका कारण पर्यटक सवार डुङ्गा पल्टिँदा कम्तीमा ३७ जनाको मृत्यु भएको हो । डुंगामा ४८ यात्रु र ५ जना चालक दलका सदस्य थिए । उद्धार टोलीले ११ जनालाई जीवितै उद्धार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।
भियतनामको सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्य हालोङ खाडीमा शनिबार दिउँसाे पर्यटकहरु डुंगामा चढेर रमाइरहेका थिए । साेही समयमा तीव्र हावा, भारी वर्षा र चट्याङसहितकाे आँधीबेरीले साे डुंगा पल्टिएकाे हाे ।